काठमाडौं । न्याय परिषद्को कार्यालयमा तोडफोड भएको छ । सर्वोच्च अदालत परिसरमा रहेको परिषद्मा गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीले तोडफोड गरेका छन् । परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार अधिकारीले परिषद्को मुद्दा शाखामा तोडफोड गरेका छन् ।
साथै न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको कार्यकक्षको ढोकामा समेत फोडेर उनी भित्र पसेका थिए । अधिकारीलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ।