काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । नेता लीलामणि पौडेल, मुक्ति प्रधान, केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्याय लगायतका नेताहरु आयोगमा गएर दल दर्ता गराएका हुन् ।
माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने सहमति भइसकेको नेताहरु बताउँछन् ।