काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले संविधानले अधिकार दियो भन्दैमा राष्ट्रपतिले जे पनि गर्ननहुने बताए । उनले देशमा ७ लाख नागरिकहरु नागरिकता विहीन भएको संवेदनशीलताको विषयमा हेक्का राखेको बताए ।
कर्णले नागरिकता विधेयकलाई एकदिन पनि रोक्न नहुने बताए । नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले संवेदनहीन काम गरेको आरोप लगाए ।