काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । आज (मंगलबार) मेयर साम्पाङसँगै उपमेयर इन्द्रविक्रम मेघाले खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।
मेयर र उपमेयरले धरानको विकास र समृद्धिका विषयमा कुराकानी गरेको प्रचण्डको सचिवालयले जनाएको छ । साम्पाङले धरानको श्रम अभियानमा जोडिन समेत प्रचण्डलाई आग्रह गरेका थिए ।