logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सिन्धुपाल्चोक १ माओवादीलाई नछोड्न नेतृत्वलाई महासमिती सदस्य तिमल्सिनाको आग्रह

    सिन्धुपाल्चोक १ माओवादीलाई नछोड्न नेतृत्वलाई महासमिती सदस्य तिमल्सिनाको आग्रह

    3K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य तथा नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री बलदेव तिमल्सिनाले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ माओावदीलाई नदिन कांग्रेस नेतृत्वको ध्यानाकर्षण गराएका छन् । तिमल्सिनाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सो क्षेत्रका ५४ वडामध्ये कांग्रेसले ३२ वटा वडा जित्दा जम्मा ४ वडाध्यक्ष जितेको माओवादीले सो क्षेत्र दाबी गर्नु न्यायोचित नहुने भन्दै कांग्रेस एक्लै जित्ने क्षेत्र छाड्न नसकिने प्रष्ट पारेका हुन् ।

    ‘यो क्षेत्रमा नेपाली कांग्रेसले छोड्नुपर्ने र माओवादी केन्द्रले पाउनुपर्ने भन्ने आधार कसैगरी पनि न्यायोचित देखिँदैन । मतको तथ्यांक, पार्टीको सांगठनिक अवस्था, स्थानीय तहमा पार्टीको उपस्थिति र जनभावनाले पनि नेपाली कांग्रेसले नै उम्मेदवारी दिनुपर्ने र निर्र्वाचित हुने पुष्टि भइसकेको छ ।’ तिमल्सिनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    गठबन्धनको सीट बाँडफाँट कार्यदलका संयोजक कृष्ण सिटौला निकट मानिने युवा नेता तिमल्सिनाले शीर्ष नेतृत्व तथा कार्यदलको ध्यानाकर्षण गराउँदै २०७४ मा जितेको भन्ने तर्कमा कुनै तुक नरहेको र एमालेको बलबाट जितेको बताएका छन् । सोही जिल्लाका नेता कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले यसअघि पार्टी बैठकमै सिन्धुपाल्चोक १ माओवादीलाई छाडिए विद्रोह गर्ने बताइसकेका छन् । सो क्षेत्रबाट सभामुख अग्नि सापकोटा निर्वाचित भएकाले माओवादीले सोही क्षेत्रमा दाबी गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend