काठमाडौं । नेपालमा कोरोना भाइरसका २ सय ५७ जना नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा ३ हजार ९ सय २१ जनाको परीक्षण गरिएको छ । ती मध्ये १४ सय ५८ जनाको पीसीआर गर्दा १४३ तथा २४ सय ६३ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय १४ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा २ सय ३२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ५० हजार ३ सय ५५ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् । यो अवधिमा कुनै पनि संक्रमितले ज्यान गुमाउनु परेको छैन ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ४६ रहेको छ ।