logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • सत्य निरुपण तथा मेलमिलाप विधेयक २०७९ दफाबार छलफलका लागि समितीमा पठाइयो

    सत्य निरुपण तथा मेलमिलाप विधेयक २०७९ दफाबार छलफलका लागि समितीमा पठाइयो

    6.8K
    Shares

    काठमाडौं । प्रतिनिधि सभाले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको हो ।

    बैठकमा सो विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउन कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोईराला ले गरेको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यस्तै बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेको राष्ट्रिय सभाको सन्देश सहितको नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस्
    भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।

    प्रतिनिधि सभाको आगामी बैठक भदौ १९ गते आईतवार दिउँसो २ बजेका लागि बोलाईएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend