logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • आर्थिक वृद्धिदर सँगसँगै रोजगारीको अवसर सृजना गर्नुपर्छः उपाध्यक्ष पौडेल

    आर्थिक वृद्धिदर सँगसँगै रोजगारीको अवसर सृजना गर्नुपर्छः उपाध्यक्ष पौडेल

    5.6K
    Shares
    आर्थिक वृद्धिदर सँगसँगै रोजगारीको अवसर सृजना गर्नुपर्छः उपाध्यक्ष पौडेल

     

    काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले कोभिड कालमा पाएका सेवा, सुविधाहरु सधैं नपाउनेतर्फ उद्योगी, व्यवसायीहरुको ध्यानाकर्षण गराए । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले आर्थिक वृद्धिदर सँगसँगै रोजगारीको अवसर सृजना गर्नुपर्ने पनि स्पष्ट पारे । उपाध्यक्ष पौडेलले भने, ‘उद्योगी, व्यवसायीहरुले कोभिड कालमा पाएका सुविधाहरु सधैं पाउने अवस्था नरहन सक्छ । आर्थिक वृद्धिदर गर्ने भनेको रोजगारीको अवसर सृजना हुने गरी हो । त्यसलाई ध्यानमा राखेर राष्ट्रिय योजना आयोगले आर्थिक वृद्धि र रोजगारीमा त्यसका पारेको प्रभावबारे तथ्यांक नै बनाउने तयारी गरिरहेको छ ।’

    उपाध्यक्ष पौडेलले रोजगारी वृद्धिमा योगदान पु¥याउन नसक्ने ढंगले भएका आर्थिक वृद्धिदरको कुनै अर्थ नहुने पनि पटकपटक दोहार्याए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend