logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • पाकिस्तानमा २४ घण्टामा बाढीका कारण ५७ जनाको मृत्यु, ७ हजार ६८३ घाइते

    पाकिस्तानमा २४ घण्टामा बाढीका कारण ५७ जनाको मृत्यु, ७ हजार ६८३ घाइते

    7.5K
    Shares
    पाकिस्तानमा २४ घण्टामा बाढीका कारण ५७ जनाको मृत्यु, ७ हजार ६८३ घाइते

    इस्लामावाद, रासस । पाकिस्तानमा पछिल्लो २४ घण्टामा मनसुनी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ५७ जनाको मृत्यु हुनुका साथै सात हजार ६८३ जना घाइते भएका राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जनाएको छ ।

    एनडीएमएले शुक्रबार साँझ सार्वजनिक गरेको प्रतिवेदनअनुसार बाढीका कारण देशभर भएका विभिन्न दुर्घटनामा परी कम्तीमा १७ बालबालिका र १८ महिलाको मृत्यु भएको छ ।

    यो अवधिमा देशको दक्षिणी सिन्ध प्रान्तमा ३८ जनाको मृत्यु हुनुका साथै सात हजार २०४ जना घाइते भएका छन् । बाढी र डुवानका कारण उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा १७ जनाको मृत्यु भएको छ भने अन्य क्षेत्रमा दुई जनाको मृत्यु भएको छ । बर्षाका कारण पूर्वी पञ्जाब प्रान्तमा ४७१ जना घाइते भएका छन् । त्यस्तै यो अवधिमा तीन लाख २० हजार ६८० घर नष्ट भएका छन् भने तीन हजार ७६६ पशुचौपाया नष्ट भएका छन् ।

    पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण गत जुन महिनाको मध्यदेखि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार २६५ पुगेको छ भने १२ हजार ५७७ जना घाइते भएका छन् । एनडीएमएका अनुसार सङ्कट सुरु भएदेखि अहिलेसम्म एक लाख ६९ हजार ६७६ जनाको उद्धार गरिएको छ भने छ लाख २७ हजार ७९३ जना शिविरमा बसिरहेका छन् ।

    यसबाहेक १४ लाख २७ हजार ३९ घर नष्ट भएका छन् भने सात लाख ३५ हजार पाँच सय ८४ पशुचौपाया मरेका छन् । बाढी प्रभावित क्षेत्रमा एनडीएमए, अन्य सरकारी संस्था, स्वयंसेवक र गैरसरकारी संस्थाहरूद्वारा उद्धार र राहत वितरण कार्यलाई जारी राखिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend