logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • एमालेले निर्वाचनमा वर्तमान सत्ता गठबन्धनका कुनैपनि दलहरुसँग गठबन्धन गर्दैनः ईश्वर पोखरेल

    एमालेले निर्वाचनमा वर्तमान सत्ता गठबन्धनका कुनैपनि दलहरुसँग गठबन्धन गर्दैनः ईश्वर पोखरेल

    7.4K
    Shares
    एमालेले निर्वाचनमा वर्तमान सत्ता गठबन्धनका कुनैपनि दलहरुसँग गठबन्धन गर्दैनः ईश्वर पोखरेल

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेले निर्वाचनमा वर्तमान सत्ता गठबन्धनका कुनैपनि दलहरुसँग गठबन्धन नगर्ने बताएका छन् । मंगलवार नयाँ वानेश्वरस्थित संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।

    उनले एमालेले स्थानीय आवश्यकताको आधारमा तालमेल गरेपनि अहिलेको गठबन्धनको जस्तो केन्द्रिय तहको गठबन्धन एमालेले नगर्ने स्पष्ट पारे । वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले स्थानीय आवश्यकता अनुसार गठबन्धन नभएर प्रगतिशिल विचार र राष्ट्रवादी विचार मिल्ने पार्टीहरुसँग राजनीतिक सहकार्य हुनसक्ने बताए । उनले स्थानीय आवश्यकताको आधारमा एमालेले वि.सं. २०४८ सालदेखि तालमेल गर्दै आएको बताए । उनले २०४८ सालमा नेपाली काँग्रेससँग समेत तालमेल गर्न खुला गरेको तर काँग्रेसले जहाँ निर्वाचन लडेपनि जित्ने जवाफ पाएको स्मरण गरे ।

    उनले भने,‘नेकपा एमालेले कुनैपनि केन्द्रिय तहको गठबन्धन गर्दैनौं । अहिले जसरी सत्तागठबन्धन भएको छ । यो निर्वाचनमा वर्तमान गठबन्धन रहेसम्म गठबन्धनका पुजारीहरुसँग एमालेको कुनै तालमेल हुँदैन । तर तालमेलको कुरामा स्थानीय आवश्यकता अनुसार विभिन्न ठाउँहरुमा हुनसक्छ । जहाँ पोलटिकल पोलाईजेसन हुनसक्छ । प्रगतिशिल विचारधारा बोक्ने,राष्ट्रियताको पक्षघरहरुसँग तामेलको नयाँ सम्भावना छ । आज मात्रै नभएर विगत २०४८ सालदेखि नै आवश्यकताको आधारमा तालमेल गर्ने गरेका छौं । २०४८ सालमा एमालेले नेपाली काँग्रेससँग समेत तालमेल गर्न प्रश्ताव गरेको थियो । तर काँग्रेसले नर्क र स्वर्गमा चुनाव लडे पनि जित्छ भन्ने जवाफ पाएका थियौं ।

    प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको बयान अहिलेको सत्तागठबन्धनको घिन लाग्दो नौटङ्कीको नयाँ च्याप्टर प्रदर्शन भएको हो । प्रधानन्यायाधीशको विषयमा महाअभियोग लगाएपछि सरकारले नियम अनुसार प्रक्रिया अगाडि बढाउनु पर्ने थियो । तर सरकारले बहुमतको आडमा त्यो काम गरेन । अहिले प्रधानन्यायाधीशको विषयमा काम भइरहेको छ त्यो झारा टार्ने काम गरिएको छ । प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर ६ महिनासम्म प्रक्रिया अगाडि नबढाउनु गठबन्धनका धेरै अपराधमध्येको यो पनि एउटा हो ।’

    उहाँले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको बयान अहिलेको सत्तागठबन्धनको घिन लाग्दो नौटङ्कीको नयाँ च्यापटर प्रदर्शन भएको टिप्पणी गरे । पोखरेलले प्रधानन्यायाधीशको विषयमा महाअभियोगका विषयमा बहुमतको आडमा ६ महिनापछि झारो टार्ने काम गरिरहेको दाबी गरे । उनले प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर ६ महिनासम्म प्रक्रिया अगाडि नबढाउनु गठबन्धनका धेरै अपराधमध्येको एउटा महत्वपूर्ण अपराध भएको पनि बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend