काठमाडौं । डा. शशांक कोईरालालेले आफूले धेरै डाक्टरहरुलाई अध्यापन गराएको उल्लेख गर्दै अहिले डाक्टर राम्रा तर अप्रेशन गर्न लागेको बिरामीलाई पैसा दिएपछि मात्रै अप्रेशन गर्छु भन्ने किसिमका डाक्टरहरु रहेको भन्दै दुःख व्यक्त गरे । बिहीवार काठमाडौंमा भएको बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूलाई पीडा हुँदा पनि अरुको सेवा गर्नु नै डाक्टरी पेशा भएकोले फलको आश नगरी सेवा गरेर अघि बढ्न सुझाव दिए ।
उनले भने, ‘जीवन भनेको प्रयत्न हो, फलको चिन्ता गर्नु हुँदैन, प्रयत्न गरिराख्ने हो । मैले धेरै डाक्टरहरुलाई पढाएँ । १६ वर्ष कटिसकेको डाक्टरको चरित्रमा परिवर्तन गर्न नसकिने रहेछ । राम्रो डाक्टर बनाएँ । तर उनीहरु के गर्छन् भने बिरामीलाई टेलबमा राखेपछि भन्छन्, तिम्रो पेट म चिर्छु तर तिमीले ६० हजार रुपैयाँ मलाई दिनुपर्छ । त्यस्तो डाक्टर बनाएँ, डाक्टर राम्रा तर चरित्र नभएका । आफूलाई पीडा हुँदा पनि अरुको सेवा गर्नु नै डाक्टरी पेशा हो ।’
कार्यक्रममा बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा स्मृति लोकार्पणसमेत गरिएको थियो ।