logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • कोरोनाको नाममा नेपालले नाकामा गर्ने व्यापार रोक्नु हुदैनः मोहन बस्नेत

    कोरोनाको नाममा नेपालले नाकामा गर्ने व्यापार रोक्नु हुदैनः मोहन बस्नेत

    8.7K
    Shares
    कोरोनाको नाममा नेपालले नाकामा गर्ने व्यापार रोक्नु हुदैनः मोहन बस्नेत

    काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री मोहन बस्नेतले अब पनि कोरोनाको नाममा नेपालले नाकामा गर्ने व्यापार रोक्नु नहुने बताए । आईतवार मन्त्रालयमा हिमालपारी व्यापार संघका पदाधिकारी र व्यवसायीहरुले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले सरकारले आगामी दिनमा चाँडै नै नाकामा हुने व्यापार, व्यवसाय धेरै सुधार गर्दै जाने अपेक्षा राखेको बताए । नेता बस्नेतले त्यहाँका स्थानीयहरुले झिटिकुण्टाको सुविधाका बारेमा नेपाल सरकार र चिनियाँ पक्षसँग कुराकानी गर्ने बताए । उनले साना, मझौला र ठूला व्यावसायीहरुलाई हुने गरेर सरकारले नाकाको वयापार, व्यवसायलाई सहजीकरण गर्नेमा आशावादी रहेको बताए । उनले व्यापारलाई व्यवस्थित गरेको खण्डमा दुई देशबीचको आर्थिक अवस्थामा पनि सहजीकरण हुने र नेपालमा बजार भाउ व्यवस्थापन हुने बताए ।

    उनले भने, ‘कोरोनाको नाममा अब पनि नेपालले गर्ने व्यापार, व्यवसाय र चीनले गर्ने व्यापार व्यवसाय साथै नाकामा हुने व्यापार, व्यवसाय रोकिनु हुँदैन । हामीलाई आशा छ कि अबको दिनमा नाकामा हुने व्यापार, व्यवसाय धेरै सुधार हुँदै जानेछ । नेपाली, व्यापारीहरुले पनि आत्महत्या गर्नुपर्ने अवस्था आउनेछैन । पहिला त त्यहाँबाट यता ३२ किलोमिटरका वासिन्दालेत झिटिकुण्टाको सुविधा पनि पाएका थिए । त्यो पनि अहिले पाएका छैनन्, त्यो सुविधाका बारेमा पनि हामी नेपाल पक्षसँग पनि कुरा गर्छौं र चिनियाँ पक्षले पनि सहयोग गर्छ । यो व्यापार फस्टाउँदै गएको अवस्थामा त्यो पनि हुनसक्छ । सबैलाई हुने गरेर अब व्यापार, व्यवसाय अघि बढ्नका लागि यो सरकारले वातावरण बनाउन पल गर्छ । व्यापारलाई व्यवस्थित गरेको खण्डमा दुई देशबीचको आर्थिक अवस्थामा पनि सहजीकरण हुँदै जाने, नेपाली पक्षको अवस्था राम्रो बन्नेछ । नाका राम्रोसँग सञ्चालन हुँदा नेपालमा बजार भाउ व्यवस्थापन हुनेछ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend