logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • भारतबाट इन्धनको मूल्य घटेको चिठ्ठी आयो

    भारतबाट इन्धनको मूल्य घटेको चिठ्ठी आयो

    6.7K
    Shares

    काठमाडौं । भारतले इन्धनको मूल्य घटेको चिठ्ठी पठाएको नेपाल आयल निगमले जनाएको छ । शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको निगम स्रोतले बतायो ।

    डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेको निगमले जनाएको छ ।

    नयाँ मूल्यअनुसार निगमलाई अब पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा र डिजलमा प्रतिलिटर ५ रुपैयाँ बढी घाटा रहेको निगमले जनाएको छ । नयाँ मूल्यपछि पनि निगम मासिक २० करोड रुपैयाँ नोक्सानीमा रहेको निगमले दाबी गरेको छ ।

    यसअघि तीन पटकसम्म घटेर नयाँ मूल्य प्राप्त हुँदा पनि निगमले इन्धनको उपभोक्ता मूल्य समायोजन गरेको थिएन । यो समेत चौथोपटक भारतबाट लगातार इन्धनको मूल्य घटेर प्राप्त भएको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend