बारा । बाराको कलैया नगरपालिका–२३ बस्ने ५० वर्षीया मिनादेवी कुर्मीको ग्यास लिक भई आगलागी हुँदा जलेर मृत्यु भएको छ । आफ्नै घरमा दूध तताउने क्रममा ग्यास लिक भई आगलागी हुँदा जलेर उनको सोमवार दिउँसो मृत्यु भएको हो ।
जलेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।