काठमाडौं । निर्वाचन आयोगले यही असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी गरेको छ।
आयोगले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण र विभिन्न १२ पार्टीका अशीर्ष नेताहरूसँग निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो।
आयोग स्रोतका अनुसार असोज १२ देखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी भइरहेको छ।
आयोगले सबै राजनीतिक पार्टीको परामर्शमा आचारसंहिता निर्माण गरेको जनाएको छ । आचारसंहितामा केही संशोधन गर्नुपर्ने देखिएमा आयोगले दलहरूसँग छलफल गरी सहजीकरण गर्न सकिने पनि जनाएको छ ।
मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ।