logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • रुसलाई हतियार नपठाएको इरानको स्पष्तोक्ति

    रुसलाई हतियार नपठाएको इरानको स्पष्तोक्ति

    2.5K
    Shares

    काठमाडौं । इरानले रुसलाई हातहतियार नपठाएको बताएको छ । यो कुरालाई इरानका विदेशमन्त्री स्पष्ट पारेका छन् । रुस र युक्रेनको द्वन्द्वको सङ्कटका बेलामा इरानले रुसलाई हतियार सहयोग गरेको सूचना आएको थियो । सो सूचनाको खण्डन गर्दै इरानले रुसलाई हतियार नपठाएको इरानले स्पष्ट गरेको हो ।

    इरानका विदेशमन्त्री अमिर अब्दुल्लाहिनले उनका फिनिस समकक्षीसँगको फोन वार्ताका क्रममा सो कुराको जानकारी दिए । अब्दुल्लाहले आफ्ना फिनिस समकक्षी पेकाहाभिस्तोसँग रुस युक्रेन युद्धका क्रममा इरानले रुसलाई हतियार दिएको छैन । आगामी दिनमा पनि इरानले रुसलाई हतियार नपठाएको इरानी विदेश मन्त्रालयले जनाएको छ ।

    युक्रेनले यसअघि पनि रुसलाई इरानले हतियार पठाएको बताउँदै आएको थियो । हालैमात्र पनि युक्रेनका विदेशमन्त्रीले इरानको यो व्यवहार युक्रेनसँगको शत्रुतापूर्ण व्यवहार रहेको बताए ।  यस वर्षको सुरुवातदेखि रुसले युक्रेनमाथि हमला गर्दै आएको छ । सो हमलाको पश्चिमा देशहरुले कडा विरोध गरेका छन् । अमेरिका, बेलायत, फ्रान्स लगायतका देशले रुसको सो कार्यको विरोध गरेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend