चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्तापछि सामाजिक सञ्जाल फेसवुकमा लामो स्टाटस लेख्दै सभापति लामिछानेले आफु नफर्कने गरि चितवनमा ओलिएको बताएका छन् ।
‘यसपटक म नफर्कने गरेर आएको छु । म चितवनले लगाएको गुण तिर्न चाहन्छु, जीवनभर चितवनको मान्छे बनेर ।’ उनले लेखेका छन् । लामिछाने एमालेका कृष्णभक्त पोखरेल र सत्तारुढ गठबन्धनका उमेश श्रेष्ठसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् ।