logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • आफ्नो उम्मेदवारी खारेजी विरुद्ध राजु गुरुङले दिए सर्वोच्चमा रिट

    आफ्नो उम्मेदवारी खारेजी विरुद्ध राजु गुरुङले दिए सर्वोच्चमा रिट

    2.3K
    Shares

    काठमाडौं । रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङले आफ्नो उम्मेदवारी खारेजी विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसूर मुद्दामा कालोसूचीमा रहेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

    आयोगको उक्त निर्णयविरुद्ध गुरुङले सर्वोच्च अदालतमा रिट दिएका हुन् । सर्वोच्चका प्रवक्ता विमल पौडेलले उक्त रिटमाथि शुक्रबारका लागि पेशी तोकिएको जानकारी दिए ।

    रिटमा गुरुङले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend