logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • जनताको मतको कदर नगर्ने, बहुमत पाउँदा सरकार चलाउन नसक्नेलाई मत माग्ने अधिकार छैनः खतिवडा

    जनताको मतको कदर नगर्ने, बहुमत पाउँदा सरकार चलाउन नसक्नेलाई मत माग्ने अधिकार छैनः खतिवडा

    3.6K
    Shares
    जनताको मतको कदर नगर्ने, बहुमत पाउँदा सरकार चलाउन नसक्नेलाई मत माग्ने अधिकार छैनः खतिवडा

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले बहुमत पाउँदा पनि सरकार चलाउन नसक्नेलाई जनताले मतदान गर्न नहुने बताएका छन् ।

    आइतबार ओखलढुङगाको सुनकोशी गाउँपाािलकास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खतिवडाले झण्डै दुईतिहाईको बहुमत हुँदा पनि सरकार चलाउन नसकेर दुई पटक संसद विघटन गर्नेहरु जनताका बीच भोट माग्न पुनः आएको बताउँदै जनताको मतको कदर गर्न नसक्नेहरुलाई पुनः जनतासँग मत माग्ने अधिकार नरहेको बताए ।

    ओखलढुंगामा सत्तागठबन्धनको तर्फबाट प्रतिनिधि सभातर्फ प्रत्यक्षमा उम्मेदवारी दिएका खतिवडाले एमालेका अध्यक्ष केपि ओलीले पश्चगामी राप्रपा लगायतका दलसँग गठबन्धन गरेर गठबन्धनको उपहास गरेको बताए ।

    ‘ओलीको गठबन्धनभन्दा सत्तागठबन्धन सबै दृष्टिले अगाडि छ’, खतिवडाले भने, ‘२०७४ सालयता ओखलढुंगामा एउटा मात्र विकासको ठूलो आयोजना आएको छैन ।’

    उनले आफुको पहलमा वडाहरुमा १० औं करोडका विद्यालय भवन बनेको दाबी गरे । उनले भने – २७ हजारभन्दा बढि निजी घर बनाउन प्रतिघर ३ लाख अनुदान प्राप्त भयो । भूकम्प प्रभावित जिल्लामा छुटेको भए संभव थिएन । म आफैले प्रयास गरेर प्रभावित १३ जिल्लामा समावेश गरेको हो ।’

    ‘सांसद जो पनि हुन्छ । तपाईहरुका कुरा केन्द्रमा काम गर्न सक्ने तपाईको भावना बुझ्न सक्नेलाई चुनेर पठाउनु होस्’, खवितडाले भने ।

    ‘जनताको वीचमा एउटा कुरा बोल्ने संसदमा जाँदा अर्को कुरा गर्ने देखेका छौं’, उनले भने, ‘साथीहरु रेल, घरघरमा ग्यास पाइप र पानी जाहाजका कुरा गर्छन् । रेल कता गयो ? घरघरमा ग्यासको पाइप आयो आएन ? पानी जहाज आएको छ कि छैन ?’

    उनले भने, ‘हामी नहुने कुरा बोल्दैनौं । बोलेको कुरा पूरा गरेर छाड्छौं । हामीले ६५ वर्षमाथिका नागरिकलाई जेष्ठ नागरिक भत्ता दिने घोषण गरेका थियौं । यो पटक ६८ माथिका नागरिकका लागि भत्ता दिन शुरु भएको छ । केपी ओली आफैले यसको विरोध गरिरहेका छन् ।’

    ‘७३ वर्ष पुगेका जेष्ठ नागरिक र ३ वर्षमुनिका बालबालिकाहरुका लागि निःशुल्क उपचारको व्यवस्था मिलाउने छौँ’, उनले भने, ‘सत्तागठबन्धनलाई संघ र प्रदेश १ मा कांग्रेस र प्रदेश २ मा गबन्धनका उमेरदवार माओवादी नेता बाबुराम गौतमलाई भोट दिन आग्रह गर्दछु ।’

    उनले एमालेले जित्ता ओखलढुंगाले विकास र निकास केही नपाएको टिप्पणी गरे । उनले अबको विकल्प भने कै गठबन्धन भएको दाबी गरे ।

    भेलामा खतिवडाले सत्तागठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन सबैसँग अपील गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend