logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • मुलुकमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चियो : अध्यक्ष लिङदेन

    मुलुकमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चियो : अध्यक्ष लिङदेन

    1.9K
    Shares
    मुलुकमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चियो : अध्यक्ष लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चिरहेको बताएका छन् । शनिवार गोरखामा आयोजति राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले वाइडबडी, ललितानिवासदेखि स्थानीय तहसम्म पुगेर लोकतन्त्रको नाममा भ्रष्टाचार मच्चाइरहेको बताए । अध्यक्ष लिङदेनले विभिन्न पार्टी भनेर देखावटी रुपमा भनाभन गरेपनि भ्रष्टाचार गर्ने बेलामा सबै एक ठाउँमा उभिने परिपाटी ठूला भनिएका राजनीतिक दलहरुमा रहने गरेको आरोप लगाए ।

    उनले राजनीतिक दलहरुको मनोमानीका कारण समाज विभाजित भइरहेको र देशको एकता संकटमा परेको उल्लेख गरे । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति इंगित गर्दै अहिले ठूला भनिएका राजनीतिक दलहरुले जनताको लागि नभइ विदेशीहरुका लागि सरकार बनाउँछु भन्दै भाषण गर्दै हिँडेको बताए ।

    उनले नेपालको संविधान कस्तो हुनुपर्छ भन्नेकुरा विदेशीहरुले भन्ने गरेको उल्लेख गरे । उनले नेपालको राजनीतिमा विदेशीको आशिर्वाद, समर्थन बिना मन्त्री, प्रधानमन्त्री हुनसक्ने स्थिति नरहेको दाबी गरे । उनले नेपाली नेताहरुमा विदेशीसामु आत्मसमर्पणको प्रवृत्ति देखाउँदै आएको बताए ।

    अध्यक्ष लिङदेनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आम जनताको आकांक्षा पूरा गर्ने र देश बचाउने मौका भएको दाबी गरे । पछिल्लो समय आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा लक्षित चुनावी प्रचारप्रसार तिब्र बन्दै गएको छ ।

    विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले देशका विभिन्न स्थानमा पुगेर चुनावी प्रचारप्रसार गरिरहेका छन् । राप्रपाले पनि गोरखा, नवलपरासी, चितवन लगायत देशभरका विभिन्न स्थानमा चुनावी प्रचारप्रसारलाई तिब्रता दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend