logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • रूसलाई ड्रोन उपलव्ध गराएको इरानद्वारा स्वीकार

    रूसलाई ड्रोन उपलव्ध गराएको इरानद्वारा स्वीकार

    2.1K
    Shares
    रूसलाई ड्रोन उपलव्ध गराएको इरानद्वारा स्वीकार

    एजेन्सी । इरानले युक्रेन युद्धअघि रूसलाई ड्रोन उपलव्ध गराएको स्वीकार गरेको छ । इरानी विदेश मन्त्री होसेन अमीराबदुल्लाहियानले युक्रेनमाथि आक्रमण हुनुभन्दा केही महिनाअघि थोरै सङ्ख्यामा ड्रोन पठाइएको बताएका छन् ।

    तेहरानले मस्कोलाई ड्रोन आपूर्ति जारी राखेको पश्चिमा राष्ट्रहरूको आरोपको खण्डन गर्दै तिनको प्रयोग युक्रेनी ऊर्जा केन्द्र र नागरिक पूर्वाधारहरूमा लक्ष्यित भएनभएको यकिनका साथ भन्न नसकिने स्पष्ट पारे ।

    ‘युक्रेन युद्धमा इरानले रूसलाई क्षेप्यास्त्र र ड्रोन उपलब्ध गराएका आरोप निराधार हुन्,’ विदेशन्त्री अमीराबडोल्लाहियानलाई उद्धृत गर्दै सरकारी समाचार समिति इर्नाले जनाएको छ । यद्यपि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले तेहरानलाई झूट बोलेको आरोप लगाउँदै किएभमा सेनाले दिनहुँ कम्तीमा १०वटा ड्रोन खसालेको बताए ।

    रूसले आफ्नो देशमा आक्रमण सुरु गरेदेखि नै नागरिक र पूर्वाधारमा आक्रमण गरेको छ । जसमा इरानमा निर्मित ड्रोन प्रयोग गरेको युक्रेनी राष्ट्रपतिले दाबी गर्दै आएका छन् । घातक ती ड्रोनमध्ये ६०–७० प्रतिशत खसालेको उनले बताए । इरानी ड्रोन आपूर्तिलाई लिएर बेलायत, फ्रान्स र जर्मनीका कूटनीतिज्ञले गत शुक्रबार संयुक्त राष्ट्रसङ्घ महासचिवलाई पत्र लेखेर छानबिन गर्न आग्रह गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend