logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सिइओ न्यौपानेका कारण एनआइसी एशिया बन्यो विभिन्न सूचकांकहरूमा उत्कृष्ट वाणीज्य बैंक

    सिइओ न्यौपानेका कारण एनआइसी एशिया बन्यो विभिन्न सूचकांकहरूमा उत्कृष्ट वाणीज्य बैंक

    2.9K
    Shares

    काठमाडौं । एनआइसी एशिया बैंक स्थापनाको २५ औं वर्षमा हिडिरहेको छ। २५ वर्षमा आइपुग्दा पूर्वी शहर विराटनगरबाट उदाएको बैंकले विभिन्न सूचकांकहरूमा पहिलो स्थान रहँदै अग्रणी बैंक बन्न सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा विभिन्न सूचकांकहरूमा देशकै पहिलो वाणिज्य बैंकको पहिचान बनाएको छ। बैंकले खुद नाफा, ग्राहक संख्या, स्व–पूँजीमा प्रतिफल, प्रतिशेयर आम्दानी, शाखा कार्यालयहरू, एटिएम, विस्तारित काउन्टर लगायतका सूचकमा पहिलो स्थान हासिल गरेको छ ।

    रोशन कुमार न्यौपानेको लगन, मेहनत र परिश्रमले प्राप्त गरेको यही नतिजाकै कारण बैंक सञ्चालक समितिले उनलाई थप चार वर्षलाई दोस्रो कार्याकालको लागि पुनः दोहोर्‍यायो । सन् २००८ अप्रिलदेखि तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परिक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, कायममुकायम प्रमुख कार्यकारी अधिकृत हुँदै २०७५ मंसिर १६ गते प्रमुख कार्यकारी अधिकृत भएका थिए।

    आफ्नो कार्यकालमा उदाहरणीय क्षमता प्रदर्शन गर्दै करियरको छोटो अवधिमा नै अत्यन्त सफल प्रमुख कार्यकारी अधिकृतको रूपमा न्यौपानेले अहिले नेपालको बैंक तथा वित्तीय क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएका छन् । ‘म एनआइसी एशिया बैंकको यो दोस्रो इनिङलाई एनआइसी एशियाली डीएनएको अतुलनीय, अर्थपूर्ण र रुपान्तकारी प्रभावहरू बैंक र विशेष गरी यसका सबै सरोकारवालाहरूका लागि स्थापित गर्न, कायम राख्न र प्रवर्द्धन गर्ने अविश्वसनीय अवसरको रूपमा लिएको छु’ नियुक्ती पाएपछि न्यौपानेले भने ।

    चार वर्षअघि प्रमुख कार्यकारी अधिकृत हुनुभन्दा अघि नै सहायक तथा निमित्त प्रमुख कार्यकारी अधिकृतका रुपमा विभिन्न रणनीतिक योजना बनाउन नेतृत्व लिएका न्यौपानेले आर्थिक वर्ष २०७२,७३ सम्ममा तर्जुमा गरेको ‘रणनीति २०२०’ अनुसार बैंकले आर्थिक वर्ष सन् २०१९,२० सम्ममा कर्जा, निक्षेप, सेवाग्राही संख्या, खुद मुनाफा, प्रतिशेयर आम्दानी, स्व–पुँजीमा प्रतिफल, शाखा सञ्जाल लगायतका अधिकांश वित्तीय तथा गैर वित्तीय परिसूचकहरुमा बैंकिङ क्षेत्रकै उत्कृष्ट नतिजा हासिल गर्न सफल भयो ।

    यस उपलब्धिले नै उनलाई बैंकको नेतृत्वमा पुग्न मेरुदण्डको काम गर्‍यो । उनले बैंकको नेतृत्व पाएको पाँच वर्षमा बैंकले आफूलाई निकै नै प्रतिस्पर्धी बैंकको रूपमा स्थापना गर्नुका साथै अधिकांश सूचकांकहरूमा कैयौं गुणा माथि उकास्न सफल भएको छ। २०७३,७४ मा ७२ अर्ब रुपैयाँ कर्जा विस्तार गरेर ९ औं स्थानमा रहेको यस बैंकले आर्थिक वर्ष २०७८,७९ सम्ममा आइपुग्दा ३.७२ गुणाले वृद्धि गर्दै २ अर्ब ६८ अर्ब २४ करोड रुपैयाँ पुर्‍याउन सफल भएको छ।

    सोही अवधिमा समग्र बैंकिङ क्षेत्रमा कर्जाको वृद्धि २.४३ गुणा मात्रै भएको थियो। त्यसैगरी बैंकले ५ वर्षको अवधिमा निक्षेप संकलनमा पनि ३.४० गुणाले वृद्धि गरेको छ। आर्थिक वर्ष २०७३,७४ मा ८६ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरेर ९औं स्थानमा रहेको बैंकले गत आर्थिक वर्षसम्म आइपुग्दा निक्षेपको आकार २ खर्ब ९४ अर्ब ९८ करोड रुपैयाँ पुर्‍याउँदै दोस्रो स्थानमा आइपुगेको छ।

    जुन यस आर्थिक वर्षको प्रथम त्रैमाससम्मको नातिजामा समेत उत्कृष्ट नतिजामा बैंकलाई पु¥याउन सफल भएको छ। यस अवधिमा समग्र बैंकिङ क्षेत्रमा २.१७ गुणाले निक्षेप वृद्धि भएको छ । न्यौपानेले बैंकको नेतृत्व सम्हालेपछिको पाँच वर्षको अवधिमा ग्राहकहरूको संख्यामा ६ गुणाले वृद्धि भएको छ।

    आर्थिक वर्ष २०७३,७४ मा ५ लाख ७१ हजार ग्राहक रहेकोमा गत आर्थिक वर्षसम्म आइपुग्दा ग्राहक संख्या ३४ लाख ५४ हजारभन्दा बढी पुर्‍याउन सफल भएको छ। साथै, कर्जा लिने ग्राहक संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। ५ वर्षअघि ३० हजार ६ सय कर्जा लिने ग्राहक संख्या रहेकोमा उक्त संख्या ३ गुणाले वृद्धि हुँदै गत आर्थिक वर्षसम्म आइपुग्दा ९३ हजार ८ सय पुगेको छ। उक्त अवधिमा समग्र बैंकिङ क्षेत्रमा कर्जा लिने ग्राहकको संख्यामा १.६६ गुणाले वृद्धि भएको छ ।

    न्यौपानेको कुशल नेतृत्वमा बैंकले आफ्नो पहुँच, ब्राण्ड र सामथ्र्यलाई पुनः परिभाषित गर्दै ऐतिहासिक सफलता प्राप्त गरेको छ। उनले रणनीति २०२० बाट बैंकलाई मार्गदर्शन गराएका थिए बैंकलाई त्यो भन्दा माथि लग्न सफल भए।

    नवीनतम एवम् प्रतिस्पर्धात्मक सोच, कुशल व्यवस्थापन र परिवर्तनकारी नेतृत्वबाट समग्र बैंकिङ क्षेत्रमा नै नयाँ मानक स्थापित गर्न सफल भई आफ्नो पहिलो कार्यकालमै उनले बैंकलाई नयाँ दिशातर्फ उन्मुख गराए।

    व्यवसाय विस्तार गर्न आर्थिक वर्ष २०७२,७३ मा रणनीति २०२० तर्जुमा गरेकोमा उक्त रणनीतिले लक्षित गरेका कर्जा, निक्षेप, आम्दानी र मुनाफामा उल्लेख्य वृद्धि लगायतका मुलभूत लक्ष्यहरू बैंकले चार वर्षमा नै हासिल गर्न सफल भएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend