logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • चुनाव चिन्ह भएको टोपी प्रयोग गरेपछि आयोगले सोध्यो प्रचण्ड, नारायणकाजी र रविलाई स्पष्टीकरण

    चुनाव चिन्ह भएको टोपी प्रयोग गरेपछि आयोगले सोध्यो प्रचण्ड, नारायणकाजी र रविलाई स्पष्टीकरण

    2.1K
    Shares
    चुनाव चिन्ह भएको टोपी प्रयोग गरेपछि आयोगले सोध्यो प्रचण्ड, नारायणकाजी र रविलाई स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रवि लामेछानेलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन प्रचारप्रसारका क्रममा चुनाव चिन्ह भएको टोपी प्रयोग गरेपछि आयोगले गोरखा २ का उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सोही पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन २ का उम्मेदवार रवि लामिछानेलाई स्पष्टीकरण सोधेको हो

    अध्यक्ष दाहाल र उपाध्यक्ष श्रेष्ठसमेत उपस्थित कार्यक्रममा केही व्यक्तिले हँसिया हतौडा संकेत रहेको नेपाली टोपी प्रयोग गरेको सम्बन्धमा आयोगमा प्राप्त उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।

    साथै ‘रवि लामिछानेलाई विजयी बनाऔँ, यसपालिको मतदान रवि लामिछानेलाई’ भन्ने व्यहोरा छापिएको टोपी प्रयोग गरेको भनी आएको उजुरीका आधारमा लामिछानेलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।

    निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (घ) मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था रहेको छ।

    निर्वाचन प्रचारप्रसारको लागि क्यापको प्रयोग गर्ने कार्यबाट निर्वाचन आचारसंहिताको उक्त दफा उल्लंघन हुने देखिएकाले पत्र प्राप्त भएको २४ घण्टाभित्र स्पष्टीकरण दिन आयोगले भनेको हो।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend