logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • उम्मेदवारको मृत्यु भएको मोरङ ३ (क) मा मङ्सिर ४ गते नै निर्वाचन हुने

    उम्मेदवारको मृत्यु भएको मोरङ ३ (क) मा मङ्सिर ४ गते नै निर्वाचन हुने

    3K
    Shares
    उम्मेदवारको मृत्यु भएको मोरङ ३ (क) मा मङ्सिर ४ गते नै निर्वाचन हुने

     

    काठमाडौं । मोरङ ३ (क) को प्रदेश सभाको सदस्यका लागि उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार शेखरचन्द्र थापाको निधन भएसँगै उक्त क्षेत्रमा नयाँ निर्वाचनको कार्यक्रम तय हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले उक्त क्षेत्रमा नयाँ निर्वाचन कार्यक्रमको निर्णय गरेर जिल्ला निर्वाचन अधिकृतलाई पठाउने जानकारी दिए । सोही बमोजिम नयाँ मनोनयन, दर्ता, दाबी विरोध गर्नेलगायतका प्रक्रिया हुन्छन् ।

    उनले भने, ‘‘नयाँ निर्वाचन कार्यक्रम तय हुन्छ । जुन पार्टीको उम्मेदवारको मृत्यु भएको हो सो पार्टीलाई उम्मेदवारी दिने, दाबी विरोध, उजुरी, अन्तिम नामावली प्रकाशन गर्ने प्रक्रिया हुन्छन् ।’’ प्रवक्ता पौडेलले मोरङ ३ (क) मा निर्वाचन मङ्सिर ४ गते नै हुने बताए ।

    थापाको आज बिहान १० बजेर ४० मिनेटमा नोबेल अस्पतालमा मृत्यु भएको हो । थापा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए । असोज २३ गते उम्मेदवारी दर्ता गराउँदा नै थापा बिरामी थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend