logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • प्रभु बैंक लिमिटेडको भिसा डाइरेक्ट रेमिन्ट्यान्स सेवाको शुरुवात

    प्रभु बैंक लिमिटेडको भिसा डाइरेक्ट रेमिन्ट्यान्स सेवाको शुरुवात

    1.8K
    Shares
    प्रभु बैंक लिमिटेडको भिसा डाइरेक्ट रेमिन्ट्यान्स सेवाको शुरुवात

    काठमाडौं । प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा ईण्टरनेशनल सँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको शुरुवात गरेको छ । यस सेवा मार्फत् विदेशबाट यस बैंकको भिसा डेविट कार्डका ग्राहकहरुलाई बिना झण्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिने व्यवस्था मिलाएको छ ।

    यस सेवा अन्तर्गत् भिसा डाइरेक्टमा सहभागी रहेका १८० भन्दा वढी देशहरुबाट नेट बैंकिङ, मोबाइल वा एटीएम मार्फत् यस बैंकद्वारा जारी गरिएको १६ अंकको भिसा कार्ड नंम्बरमा विश्वको जुनसुकै स्थानबाट नेपालमा रहेका आफन्तजनहरुलाई सरल, सहज र सुरक्षित तरिकाले चाहेको समयमा नै रकम पठाउन सकिने भएको छ ।

    प्रभु बैंकले सञ्चालनमा ल्याएको भिसा डाइरेक्ट रेमिट्यान्स सेवा उपभोग गरी प्रभु बैंकका भिसा डेविट कार्डका सम्पूर्ण ग्राहक महानुभावहरुले अधिकतम लाभ लिनुुहुनेछ भन्ने बैंकले पूर्ण विश्वास लिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend