logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • शान्ति र सम्वृद्धिका लागि गठबन्धनले जित्नुपर्छः प्रधानमन्त्री देउवा

    शान्ति र सम्वृद्धिका लागि गठबन्धनले जित्नुपर्छः प्रधानमन्त्री देउवा

    2.5K
    Shares
    शान्ति र सम्वृद्धिका लागि गठबन्धनले जित्नुपर्छः प्रधानमन्त्री देउवा

     

    भरतपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति संवृद्धि र एकताबद्ध नेपालका लागि गठबन्धनको बहुमत सरकार जरुरी रहेको बताएका छन् । गठबन्धनको चितवन आयोजनामा भरतपुरमा अमज (शनिबार) आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    प्रधानमन्त्री देउवाले गठबन्धनले जितेमा दुई–तीन कार्यकालसम्म दलहरुबीच सहकार्य हुने बताए । “हामी अहिलेको चुनाव जितेमा दुई–तीन वटा चुनावसम्म सहकार्य गरेर अगाडी बढ्छौ” उनले भने, “स्थायी शान्ति चाहिएको छ, सम्पन्न देश र जलस्रोतको विकास गरेर नेपाललाई सम्पन्न देश बनाइ रोजगारीको सिर्जना गर्नेछौँ ।”

    गणतन्त्रको स्थायित्व गर्ने दायित्व पनि गठबन्धन दलहरूकै काँधमा भएको प्रधानमन्त्री देउवाले बताए । संसद् विघटन गरेर तत्कालीन प्रधानमन्त्री केपी ओलीले महाभूल गरेको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend