logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेपाल टेलिकमद्वारा निर्वाचन अफर सार्वजनिक, यस्तो छ अफर

    नेपाल टेलिकमद्वारा निर्वाचन अफर सार्वजनिक, यस्तो छ अफर

    2.4K
    Shares
    नेपाल टेलिकमद्वारा निर्वाचन अफर सार्वजनिक, यस्तो छ अफर

     

    काठमाडौं । मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अवसरमा नेपाल टेलिकमले एक अफर ल्याएको छ । सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताकासाथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले निर्वाचन अफर ल्याएको जनाएको छ ।

    यस अफरमार्फत सस्तो दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ । डाटा प्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा रु. २९४ मा उपलब्ध रहेको टेलिकिमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा रु. ९८ मा उपलब्ध गराइएको छ । एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक पनि जम्मा रु। ४९ मा उपलब्ध हुने टेलिकमको भनाइ छ यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिने प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

    यो अफर आइतबारदेखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुनेछ । यो सेवा लिनका लागि मोबाइलबाट एस्ट्रे१४१५एस्ट्रह्याजकी डायल वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी पाउन सकिन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend