काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय प्रचार–प्रसार समितिले पत्रकार सम्मेलन गर्ने भएको छ। पार्टीका मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै सोमबार दिउँसो ३ बजेका लागि पत्रकार सम्मेलन गर्ने तय भएको बताएका हुन्।
समितिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य सन्दर्भमा भइरहेका पार्टी गतिविधिका विषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको उनको भनाइ छ।