logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • उपर्दाङगढीको संरक्षण र पर्यटन विकासमा निरन्तर लागिरहेको छु: घनश्याम दाहाल

    उपर्दाङगढीको संरक्षण र पर्यटन विकासमा निरन्तर लागिरहेको छु: घनश्याम दाहाल

    2.2K
    Shares
    उपर्दाङगढीको संरक्षण र पर्यटन विकासमा निरन्तर लागिरहेको छु:  घनश्याम दाहाल

    उपर्दाङगढी: लोकतान्त्रिक बाम गठबन्धनका चितवन क्षेत्र नम्बर २‘क’ प्रदेशसभा सदस्यका उम्मेद्वार घनश्याम दाहाल अभिनासले चितवनको पुरानो सदरमुकाम इच्छाकामना गाउँपालिका ७ मा रहेको एतिहासिक उपर्दाङगढीको संरक्षण र विकासका लागि आफु निरन्तर लागीरहने बताउनुभएको छ । आज घरदैलो अभियानका क्रममा उपर्दाङगढी पुग्नुभएका दाहालले यस अघि आफुले यहाँको पर्यटन विकासका लागि पुर्वाधार निर्माणको काम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभएको हो ।
    आफुले प्रदेस सरकारबाट यहाँ ५० लाख बजेट उपलब्ध गराई सिढीँ र रेलिङ बनाउने काम भएको र आगामी दिनमा यहाँ आवश्यक पुर्वाधारहरु निर्माणका लागि निरन्तर लागीरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । सिढीँ र रेलिङ निर्माण सगैँ उपर्दाङगढी सम्म पुग्न पर्यटकहरुलाई सहज भएको बताउनुभयो ।
    आफुहरुकै पहलमा अहिले शक्तिखोर – फिस्लिङ ग्रामिण सडक कालोपत्र गर्ने काम भइरहेको बताउनुभयो । यस सडक कालोपत्र सम्पन्न भएपछि यहाँ पर्यटहरुको आवागमन बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
    आज चुनावी घरदैलो अभियानका क्रममा इच्छाकामनाको वडा नम्बर ७ स्थित उपर्दाङगढीसहित वडा नम्बर २ तेर्से , डाडाँ गाउँसम्म पुग्नुभएका दाहालले यहाँको विकासका लागि आफु निरन्तर लागीरहेको बताउनुभयो । उहाँले श्री सूर्यज्योति राष्ट्रि आधारभुत विद्यालय डाडाँ गाउँको तारबार गर्न बजेट उपलब्ध गराई काम सम्पन्न भइसकेको बताउँदै आगामी दिनमा यहाँको जनताको आवश्यकता र माग अनुसार विकास निर्माणका लागि बजेटहरु उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    साथै दाहालले समग्र इच्छाकामनाको विकासका लागि आफुले पाँच बर्षमा खानेपानी शिक्षा, स्वास्थ्य सडक सामुदायिक भवनहरु निर्माण लगायत विकासका कामहरुको आधारमा यहाँको जनताले आफुलाई पुन: निर्वाचित गर्ने दाबी गर्नुभयो ।
    प्रदेशसभा समानुपातिक उम्मेद्वार इश्वर सापकोटा सुमन, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य प्रताप गुरुङ, नेपाली कांग्रेसका सभापति कृतिकुमार श्रेष्ठ लगायतका कांग्रेस र माओवादी केन्द्रका स्थानिय नेता कार्यकर्ताहरुको उपस्थिति रहेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend