logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • आज काठमाडौंमा अन्तिम चुनावी सभा गर्दै गठबन्धन, प्रचण्डदेखि गगनले सम्बोधन गर्ने

    आज काठमाडौंमा अन्तिम चुनावी सभा गर्दै गठबन्धन, प्रचण्डदेखि गगनले सम्बोधन गर्ने

    2.8K
    Shares
    आज काठमाडौंमा अन्तिम चुनावी सभा गर्दै गठबन्धन, प्रचण्डदेखि गगनले सम्बोधन गर्ने

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि अघि सत्ता गठबन्धनले आज बिहीबार काठमाडौंमा अन्तिम चुनावी सभा आयोजना गर्ने भएको छ । आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ, मौन अवधिमा चुनावी गतिविधि गर्न पाइँदैन ।

    कांग्रेस, माओवादी र एकीकृत समाजवादी सम्मिलित गठबन्धनले आज दिउँसो २ बजे काठमाडौंको कोटेश्वरमा चुनावी सभा गर्न लागेको हो ।

    गठबन्धनको काठमाडौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापा लगायतले सम्बोधन गर्नेछन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा भने गृहजिल्ला डडेल्धुरामा रहेको छन् ।

    काठमाडौं २ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गठबन्धनबाट माओवादी केन्द्रकी ओनसरी घर्ती, एमालेका मणिराम फुँयाल, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीदेवी पोखरेल मुख्य प्रतिस्पर्धी हुन् ।

    काठमाडौं २ मा ०६४ को संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई पराजित गरेका थिए, भने ०७० दोस्रो संविधानसभा निर्वाचनमा नेपाल काठमाडौं २ र रौतहट १ बाट विजयी भएका थिए । उनले काठमाडौं २ छोड्दा भएको उपनिर्वाचनमा एमालेका कृष्णगोपाल श्रेष्ठलाई पराजित गर्दै कांग्रेसका दीपक कुँइकेल विजयी भएका थिए ।

    ०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेपाल विजयी भएका थिए । एकीकृत समाजवादीका अध्यक्ष रहेका नेपाल यो निर्वाचनमा रौतहटबाट चुनाव लड्दैछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend