काठमाडौं । एनएमबी बैंकले एनएमबी मान्यजन बचत खातामा सर्वाधिक ब्याज दिने घोषणा गरेको छ । सो खाता विशेष रूपमा ज्येष्ठ नागरिकहरूको आवश्यकतालाई मध्यनजर गरेर घोषणा गरिएको बैंकको भनाइ छ
।
बैंकका अनुसार यो खातामा ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्नुका साथै ग्राहकहरुलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधा समेत उपलब्ध गराइनेछ ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।