logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • अपाङ्गमैत्री मतदानस्थल नहुँदा जुम्लामा तीन हजार बढी मतदानबाट वञ्चित

    अपाङ्गमैत्री मतदानस्थल नहुँदा जुम्लामा तीन हजार बढी मतदानबाट वञ्चित

    1.7K
    Shares
    अपाङ्गमैत्री मतदानस्थल नहुँदा जुम्लामा तीन हजार बढी मतदानबाट वञ्चित

    काठमाडौं । जुम्लाको हिमा गाउँपालिका वडा नम्वर ७ का सुर्य अधिकारी ह्वीलचियरमा आवतजावत गर्छन । सूर्य जस्तै फरक क्षमता भएका मतादाता धेरै छन्, जसलाई अपाङ्गमैत्री मतदानस्थल नहुँदा मताधिकारबाट बञ्चित हुने पिरलो छ । ‘अपांगता भएका व्याक्तिलाई सहत रुपमा मतदान गर्नका लागी अपाङ्गमैत्री मतादान स्थल हुनुपर्ने सरकारी नियम छ । तर, हामीले कहिल्यै सहज वातावरणमा मतदान गर्न पाएनौं ।’ उनले गुनासो पोखे । जुम्लामा कुल ६८ जहार ६ सय ३८ मतादाता मध्ये अपाङ्गता भएका तीन हजार मतादाता छन्, तर कुनैपनि मतदान स्थल अपाङ्गमैत्री छैनन् ।

    जुम्लामा अपाङ्गमैत्री मतदान स्थल नहुँदा ३ हजार मतादातालाई समस्या भएको छ । जुम्लामा ८३ मतदानस्थल र १०६ मतदान केन्द्र छन् । तर, अपाङ्गमैत्री छैनन् । अपांग पुर्नस्थापना कार्यालय जुम्लाका निवर्तमान अध्यक्ष नन्दराज धितालका अनुसार जुम्लामा कुल आठ हजार जना अपांगता भएका व्यक्ति छन्, त्यसमा ३ हजार मतादाता छन् ।

    अपांगता भएका व्याक्तिलाई सहत रुपमा मतदान गर्नका लागी अपाङ्गमैत्री मतादान स्थल हुनुपर्ने सरकारी नियम छ । मतादान सम्पन्न गर्ने जीम्मेवारी प्राप्त गरेका सरकारी निकायले अपाङ्गमैत्री मतदान स्थल बनाउन प्रयास नगरेको अपांग पुर्नस्थापन विकास केन्द्र जुम्लाका अध्यक्ष रामकृष्ण न्यौपानेले बताए । ‘एकातिर शारिरिक अशक्तता हुन्छ, अर्कोतिर जटिल भूगोलका कारण आवतजावत गर्न मुस्किल छ, अपांगमैत्री मतदान केन्द्र नबनाएर मताधिकारबाट बञ्चित गर्नु हाम्रो लागि अप्रिय कुरा हो ।’ अध्यक्ष न्यौपानेले भने । जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जुम्लामा भौगोलिक रुपमा कठिनाइ भएका कारण अपांगमैत्री मतदान स्थल बनाउन नसकिएको बताए । अपांगमैत्री मतदान केन्द्र बनाउन नसकिए पनि अपांगता भएका व्याक्तिलाई सौहार्द वातावरमा मतदान गर्ने वातावरण मिलाइएको उनले बताए । यो खबर आजको राजधानीदैनिकमा प्रकाशित छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend