काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले गृह जिल्ला रोल्पामा मतदान गरेका छन् ।
पुनले बिहान ७ः३० बजे रोल्पा नगरपालिका ७ स्थित बालउदय मावि केन्द्रबाट मतदान गरेका हुन् । पुन सत्तारुढ गठबन्धनका तर्फबाट रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।
देशभर बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रिया साँझ ५ बजेसम्म जारी रहनेछ ।