गोरखा । गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फराकिलो अग्रता लिएका छन् । दाहाल निकटतम प्रतिद्वन्द्वी भन्दा तेब्बर बढी मतान्तरले अगाडि छन् ।
दाहालले ७ हजार २ सय ७८ मतका साथ अग्रता लिएका हुन् । २ हजार १० मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले दाहाललाई पछ्याइरहेका छन् ।
नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँ भने तेस्रोमा छन् । मियाँले १ हजार ६ सय ९८ मत ल्याएका छन् । यहाँ अहिलेसम्म १२ हजार ६ सय १५ मत गणना भएको छ ।