logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • आईएमई सबैभन्दा बढी कर तिर्नेमा सम्मानित

    आईएमई सबैभन्दा बढी कर तिर्नेमा सम्मानित

    1.8K
    Shares
    आईएमई सबैभन्दा बढी कर तिर्नेमा सम्मानित

    काठमाडौं । रेमिटेन्स कम्पनीमध्ये आर्थिक वर्ष २०७७/७८ मा सवैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा आईएमई सम्मानित भएको छ । आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवसका अवसरमा वुधबार आयोजित एक विशेष समारोहकावीच आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सम्मान ग्रहण गरेका हुन् ।

    सन् २००१ मा स्थापित आईएमईले नेपालको समग्र रेमिटेन्स क्षेत्रलाई संस्थागत तुल्याउन भूमिका निर्वाह गर्दै आइरहेको छ । आइएमईलाई विदेशी मुद्रा बैंकिङ संजाल मार्फत नेपाल भित्र्याउने कार्यको थालनी गरेको मुख्य श्रेय जान्छ । यसैको सम्मान स्वरूप विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सम्मानहरूबाट आइएमई सम्मानित हुँदै आएको छ ।

    आइपीओमा जाने तयारी गरिरहेको आइएमई सवैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा यसभन्दा अघि पनि पटक पटक सम्मानित हुँदै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend