logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • कैलाली–५ बाट काँग्रेसका पन्त निर्वाचित

    कैलाली–५ बाट काँग्रेसका पन्त निर्वाचित

    1.9K
    Shares
    कैलाली–५ बाट काँग्रेसका पन्त निर्वाचित

    धनगढी । कैलाली निर्वाचन क्षेत्र नं। ५ बाट नेपाली काँग्रेसका डिल्लीराज पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नारदमुनि रानालाई ९५८ मतान्तरले पराजित गरी प्रतिनिधि सभा सदस्यमा जित हासिल गरेका हुन् ।

    पन्तले २०५९७ मत प्राप्त गरे भने पराजित रानाले १९ हजार ६३९ मत पाए ।

    यसैगरी, स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले आठ हजार १९८ र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको अर्का स्वतन्त्र उम्मेदवार जगदीश चौधरीले छ हजार ६१९ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका ईश्वरी विष्टले तीन हजार ३६२ मत प्राप्त गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend