काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश दक्षिणपन्थी बाटोमा जान सक्ने खतरा रहेको बताएका छन् । मंगलबार पार्टी कार्यालय तीनकुनेमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले निर्वाचनको परिणामपछि मुलुक देश दक्षिणपन्थी बाटोमा जान सक्ने देखिएकाले गम्भीर हुनुपर्ने र सतर्क रहनुपर्ने बताए ।
अहिलेको अवस्थामा गठबन्धन दलसँगको सहकार्यलाई अघि बढाएरै लानुपर्ने उनको भनाइ छ । त्यस्तै अध्यक्ष नेपालले निर्वाचनका क्रममा इलाममा विसङ्गति देखिएको र पुनः मतदानको लागि कानूनी बाटोमा जाने विषयमा पार्टीभित्र छलफल भएको समेत बताए ।