logo

२०८१ असोज ९ बुधबार

logo
  • बुधबार, ९ असोज २०८१
  • विद्यार्थी आन्दोलनले धनगढी तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन हवाई फायर

    विद्यार्थी आन्दोलनले धनगढी तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन हवाई फायर

    1.5K
    Shares

    धनगढी । साथीको न्यायको लागि आन्दोलनरत विद्यार्थीहरुले आन्दोलन थप चर्काएपछि धनगढीको स्थिति तनावग्रस्त बनेको छ। स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले सात राउन्ड हवाई फायर गरेको छ। प्रहरीले हवाई फायर गरेपछि विद्यार्थीहरू तितरवितर भएका छन्।

    ग्रेडरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएपछि धनगढीमा विद्यार्थीहरुले आन्दोलन चर्काईरहेका छन् । बिहीबार बिहान १० बजे धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउँदको सडक निर्माणका क्रममा ग्रेडरको ठक्करबाट मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन्।

    घटनाले बृहत रूप लिएपछि बिहीबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञाबीचमै अहिले पनि धनगढीका केही स्थानमा प्रहरी प्रशासनविरूद्ध विद्यार्थीहरू नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शनमा सहभागी केही विद्यार्थीलाई प्रहरीले पक्राउ समेत गरेको छ।

    विद्यार्थीले घटनाको क्षतिपूर्तिसहित चालकलाई कारबाहीको माग गरिरहेका छन्। अहिले जिप्रका कार्यालयमा छलफल जारी छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend