काठमाडाै । ‘मिसिङ द सर्च बिगिन्स’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । क्राइम मिस्ट्री विधाको चलचित्र ब्रिस्बेनस्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयमा बेपत्ता भएका व्यक्तिको वरिपरि घुमेको छ ।
चलचित्रको कथा आफैंमा अनौठो रहेको बताइएको छ । मुख्य कलाकारमा सचिन थापा, बबिता खत्री, देव नेपाली, दिनेश कार्की, तारा बम्जन, मिलन मिश्रालगायतको अभिनय छ । रविन सापकोटा र पेमा थिलेन तामाङको यो चलचित्र जनवरीमा रिलिज हुँदै छ ।
अष्ट्रेलियाको ब्रिस्बेनमा छायांकन गरिएको यो पहिलो चलचित्र हो । चलचित्रलाई सचिन थापाले निर्देशन गरेका छन् ।