काठमाडौं । कलाकार दिपकराज गिरीले नेकपा माओवादी केन्द्रप्रति कडा ब्यंग्य गरेका छन् । उनले समाजिक सञ्जालमार्फ माओवादी प्रति कडा टिप्पणी गरेका हुन् ।
शनिबार अपरान्ह पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको माओवादीकाे पदाधिकारी बैठकले एमालेसँग मिलेर सरकार बनाउने विकल्प खुला गर्ने निर्णय गरेको थियाे । माओवादीले सत्ता गठबन्धन पनि नछोड्ने र एमालेसँग पनि सरकारमा जानेबारे विकल्प खुला राख्ने निर्णय गरेको छ ।
माओवादीको यस निर्णप्रति व्यंग्य गर्दै कलाकार गिरीले सामाजिक सञ्जालमार्फत भनेको छन् ‘माओवादीले एमालेसंग पनि सरकार बनाउन सक्ने निर्णय गर्याे रे यसलाई भन्छन् बिहे एउटा संग सुहागरात अर्कै संग’ । “राजनीति !“