काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अहिलेको सत्ता गठबन्धनबाटै सरकार बन्ने बताएका छन् । मंगलवार विराटनगरमा आयोजित ‘बाटो बिराएको राजनीति’ पुस्तक विमोचान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कोइरालाले गठबन्धनबाटै सरकार बन्ने बताएका हुन् । ‘गठबन्धनको नेतृत्वमा सरकार बन्छ, त्यसमा चिन्ता गरिराख्नु पर्ने आवश्यकता छैन । त्यो सरकारले तपाईं हामीहरूले खोजेको कुरा गर्न सक्छौँ कि सक्दैनौँ ? त्यो च्यालेन्ज हामीहरूसँग छ’, कोइरालाले भने, ‘होइन भने नयाँ–नयाँ पार्टीले कस्तो सेप लिन्छ, आफ्नो ठाउँमा छ ।’
अब बन्ने सरकारले जनताले खोजेको कुरा गर्न सक्छ कि सक्दैन भन्ने चिन्ताको विषय रहेको उनले बताए ।