काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिहंले देशलाई विकासको बाटोमा अगाडि बढाउन नागरिकको सुझाव सँधै चाहिने बताएका छन् । अहिले पनि मुलुक जटिल राजनीतिक मोडमा रहेको भन्दै नेता सिंहले देशका राजनीतिक स्थायित्व आजको आवश्यता रहेको बताए ।
राजधानीमा शनिबार आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा नेता सिंहले राजनीतिक स्थायित्व राजनीतिक दलकै लागि चुनौती बन्दै गएको बताए ।
नेपाली राजनीतिमा अहिले आएको परिर्वतनलाई आफूले नजिकबाट बुझेको बताउँदै नेता सिंहले जनताले चाहेको परिर्वतनलाई सफल बनाउन खट्ने बताए ।