काठमाडौं । नेपाल बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट सेयरधनीलाई १२% लाभांस दिने प्रस्ताव गरेको छ ।
बैंकको आज (पुस १ गते) बिहान बसेको सञ्चालक समितिको बैठकले २% बोनस सेयर र कर प्रयोजन सहित १०% नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् । गत वर्ष बैंकले १४% बोनस सेयर र ३% नगद लाभांश वितरण गरेको थियो ।