काठमाडौं । बालगायिका कमला घिमिरेले आफ्नो पछिल्लो लाइभ दोहोरी गीत विवादास्पद र आलोचित बनेपछि माफी मागेकी छन् । उनले सामाजिकसञ्जालमा पोस्ट गर्दै माफी मागेकी हुन् ।
सुमन परियारसँग मिलेर गाएको उक्त गीत अहिले सामाजिक सञ्जालमा विवादले घेरिएको छ ।
उक्त गीतले जबर्जस्ती करणीबारेका हालैका दुई घटनालाई व्यंग्य गर्दै गाइएको रपीडितलाई थप पीडा थप्ने किसिमले ‘कम्पोज’ भएको धेरुेले आरोप लगाएका छन् ।
उनी लेख्छिन्, ‘कुनै प्लान गरेर डलरकै लागि भनेर, सोचेर, सम्झेर, स्क्रिप्ट तयार पारेर र कसैलाइ बर्बादै पार्ने गरी गाइएको गीत होइन । यसबाट पर्न गएको असरप्रति हृदयबाटै माफी माग्छु । सानी बहिनी सम्झिएर माफ गरिदिनुहोला । आइन्दा यस्तो गल्ती हुनेछैन । अब उपरान्त गीत गाउँदा एकदम ख्याल राख्नेछु । सधैं हजुरहरुकै प्रिय बन्न पाऊँ, गीत–संगीतमै रम्न पाऊँ, कहींकतै बिराएछु भने सल्लाह सुझाव दिंदै गर्नु है ।’