logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • केन्द्रीय बसटर्मिनललाई व्यस्थित बनाउन भरतपुर महानगरले देखायो चासो, मेयर रेनु आफै फिल्डमा

    केन्द्रीय बसटर्मिनललाई व्यस्थित बनाउन भरतपुर महानगरले देखायो चासो, मेयर रेनु आफै फिल्डमा

    1.6K
    Shares
    केन्द्रीय बसटर्मिनललाई व्यस्थित बनाउन भरतपुर महानगरले देखायो चासो, मेयर रेनु आफै फिल्डमा

    राजेन्द्र आचार्य/चितवन ।

    दक्षिण एसियाकै नमूना बस टर्मिनललाई व्यस्थित बनाउन भरतपुर महानगरपालिकाले चासो देखाएको छ । भरतपुर वडा नं. ९ मा रहेको केन्द्रीय बसटर्मिनल एकदशक अघि निर्माण गरिएको हो ।

    एसियाली विकास बैंक (एडीबी)को अनुदान तथा ऋण र तत्कालिन भरतपुर नगर विकास कोषको ऋण गरी १० करोड ९१ लाख लगानी गरेर बनेको यो केन्द्रीय बस टर्मिनल हो ।

    भरतपुर महानगरपालिकाको तीन र राष्ट्रिय सहकारी विकास बोर्डको साढे दुई विगहागरी पाँच विगहा क्षेत्रफलमा बनेको बसपार्क अपलपत्र पर्दै गएपछि महानगरपालिकाले यो विषयमा चासो देखाएको छ ।

    अस्तव्यस्त बन्दै गएको बसटर्मिनललाई पौष ७ गतेदेखिनै व्यवस्थित रुपमा संचालनगर्ने महानगरले निर्णय गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालय, विभिन्न यातायात व्यवसायीहरुबीच छलफल गरेर महानगरले यसलाई व्यवस्थित बनाउने निर्णयमा पुगेको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले जानकारी दिइन् ।

    महानगरपालिकाका उम मेयर एवम अनुगमन समितिका संयोजक चित्रसेन अधिकारी सहित चितवन प्रहरी प्रमुख नवराज अधिकारी सहितको टोली शनिबार बसटर्मिनल पुगेर अनुगमन गरेका छन् । टोलीमा महानगरपालिकाकी मेयर दाहाल समेत सहभागी भइन् । बसटर्मिनलको अवस्था विजोग देखेपछि सो क्षेत्रमा आजैवाट सरसफाई समेत सुरु गरिएको छ । बसटर्मिनल संचालनका लागि महानगरपालिकाले ठेक्का दिएको छ । तर ठेकेदार कम्पनीले सहमती अनुसार बसटर्मिनलको व्यवस्थापनमा ध्यान नदिएका कारण अलपत्रपर्दै गएको हो ।

    भरतपुर ९ मा रहेको केन्द्रिय बस टर्मिनलमा सरसफाई गर्दै व्यवस्थित बनाउने अभियान चितवन प्रहरीको सहकार्यमा भरतपुर महानगरले सुरु गरेको हो ।

    भरतपुर महानगरको स्मार्ट सिटी बनाउने अभियान अन्र्तगत मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारी आफै स्थलगत अनुगमनसगैँ सरसफाई गर्दै व्यवस्थित बनाउने अभियान सुरु गरेको महानगरले जनाएको छ ।

    भरतपुर महानगर र जिल्ला प्रहरी कार्यालय चितवनको सहकार्यमा बस व्यवस्थित बनाउने र बजारको सौन्र्दय करणलाई थप व्यवस्थित बनाउन सरसफाई सहित बसपार्क बाटै महानगरको यातायात व्यवस्थापन गर्ने मेयर रेनुले बताईन् ।

    बसटर्मिनललाई व्यस्थित बनाउन सुरक्षासंयन्त्रले पनि तदारुकता देखाएका छन् । चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले बसटर्मिनललाई व्यवस्थित बनाउन सबैसँग छलफल गरेर लिखित रुपमै सहमती भएको बताए । सवारी चालक वा यातायात व्यवसायीले अटेर गरेमा निर्मतापूर्वक कार्वाही गरिने स्पष्ट पारे । ‘नीति नियम मान्दिन भनेर पाइन्छ ?’ उनले प्रश्न गरे ।

    भरतपुरलाई सुन्दर र व्यस्थ्ति बनाउने अभियानमा महानगरपालिका सक्रिय बन्दै गएको छ । भरतपुर महानगरपालिका उपमेयर चित्रसेन अधिकारीले भरतपुर केन्द्रीय बसटर्मिनलवाट सुरु भएको यो अभियानलाई महानगरक्षेत्रभर नै यो अभियान लागु हुने बताए ।

    यो नमुना बसटर्मिनलको बसपार्कको पार्किङ–वेमा सहित गरेर ८ सयवटा बस अटाउँछन् । बसपार्कमा रहेको दुईसय अट्ने सुविधायुक्त प्रतिक्षालय सृुनसान देखिन्छ । यहाँका पोलहरुमा बत्ती बल्दैन । शौचालय अस्तव्यस्तका कारण पूर्ण रुपमा दुर्गन्धित छ । टर्मिनलको माथिल्लो तलामा ठेकदार कम्पनी, यातायात समिति र प्रहरी बसेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend