काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकारमा जाने नजाने भनेर छलफलमै रहेको बताएका छन् । निर्वाचन आयोगले सोमबार राखेको जलपान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संसदीय दलका नेता समेत रहेका लामिछानेले यस्तो बताएका हुन् ।
सभापति लामिछानेले अहिलेको परिस्थितिलाई नजिकबाट हेरिरहेको बताए ।
उनले भने, ‘हाम्रो एजेण्डा सम्बोधन हुने अवस्था आया भने एउटा अवस्था होला, नभए सरकारमा जानका लागि जानुको अर्थ हुँदैन भनेर छलफलमा छौं ।’