logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • दि नेपाल डिस्टीलरिज ४० यूपीको मदिरामा प्रवेश

    दि नेपाल डिस्टीलरिज ४० यूपीको मदिरामा प्रवेश

    1.6K
    Shares
    दि नेपाल डिस्टीलरिज ४० यूपीको मदिरामा प्रवेश

    काठमाडौं । ‘दि नेपाल डिस्टीलरिज’ ४० यूपी सेगमेन्टको मदिरामा प्रवेश गरेको छ । लामो समयदेखि २५ यूपी र ३० यूपीको रम तथा मदिरा उत्पादन गर्दै आएको कम्पनीले ४० यूपीको नयाँ उत्पादन ‘कर्दा ट्रिपल एक्स’ (Karda XXX ) बजारमा ल्याएको हो ।

    यो ४० यूपी सेगमेन्टमा नेपाली बजारमा उपलब्धमध्येकै स्तरीय मदिरा रहेको ‘दि नेपाल डिस्टीलरिज’का महाप्रबन्धक शुभाष लामिछानेले जानकारी दिए । उनका अनुसार ग्राहकको यो सेगमेन्टका मदिराप्रति पछिल्लो समय बढेको आकर्षणलाई सम्बोधन गर्दै कम्पनीले ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको हो । यसमा अल्कोहलको मात्रा २५ र ३० यूपीको मदिरामा भन्दा कम हुन्छ।

    रम फ्लेबरको यो मदिरा तातोपानी वा कोलासँग मिसाएर खान मिल्छ । यो मदिरा ७५० एमएल, ३७५ र १८० एमएलको प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend