logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सानिमा बैंक र स्मल वर्ल्डबीच रेमिट्यान्स सम्झौता

    सानिमा बैंक र स्मल वर्ल्डबीच रेमिट्यान्स सम्झौता

    1.6K
    Shares
    सानिमा बैंक र स्मल वर्ल्डबीच रेमिट्यान्स सम्झौता

    काठमाडौं । सानिमा बैंक लिमिटेड र स्मल वर्ल्ड फाइनान्सिल सर्भिसबीच युरोप—नेपाल रेमिट्यान्स सेवा सम्झौता भई संचालनमा आएको छ । यस सम्झौताले युरोपका विभिन्न देशहरूबाट नेपालमा सहजै रेमिट्यान्स पठाउन सकिने बैंकले जनाएको छ ।

    युरोपबाट रेमिट्यान्स पठाउन स्मल वर्ल्डको आधिकारिक वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने हुन्छ । यस सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवा मार्फत युरोपबाट पठाएको रकम नेपालभरि १६,००० भन्दा बढी आधिकारिक प्रतिनिधि मार्फत नगदमै भुक्तानी लिन सकिने जनाइएको छ ।

    साथै, युरोपबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खाता लगायत कुनै पनि बैंकको खातामा २४ सै घण्टा ३६५ दिन रियल टाइममा रकम जम्मा गर्न सकिनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend