काठमाडौं । सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक सुरु भएको छ । सात दलको बैठक संसद् भवन नयाँबानेश्वरमा सुरु भएको हो ।
पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका सात दलको बैठक संसद् भवन नयाँबानेश्वरमा जारी छ ।
मन्त्रालय भागबन्डा गर्न नयाँ बानेश्वरमा आज सत्ता गठबन्धनको बैठक बसेको छ।
नवनियुक्त प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतको उपस्थितिमा सत्ता गठबन्धनको बैठक बसेको हो।