काठमाडौं। उप्रधान तथा गृहमन्त्री रवि लामिछाने जनताले निकै सास्ती बेहोर्नु परेको राहदानी विभागमा छड्के हान्न पुगेका छन्।
गृहमन्त्री लामिछानेले मन्त्री बनेको तेस्रो दिन नै राहदानी विभागमा छड्के हान्न पुगेका छन । उनी बुधबार अपरान्ह त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमनमा पुगेका हुन् ।
राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछाने विभागको अनुगमनमा गएका हुन् ।
उनी संचारकर्मी हुँदासमेत राहदानी बनाउने कार्यमा सेवाग्राहीले पाएको सास्तीबारे पटक पटक आवाज उठाउँदै आएका थिए ।